११ मंसिर २०८१, मंगलवार
बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनका विषयमा आफ्ना धारणा व्यक्त गरेको अभियोगमा बंगलादेशी प्रहरीबाट पक्राउ गरिएका वरिष्ठ फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता शाहिदुल आलमलाको सिघ्र रिहाइका लागि दबाब काठमाडौंस्थित बंगलादेशी दूतावास अगाडि फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् ।
नेपाल फोटो पत्रकार महासंघलगायत अन्य संघसंस्थाहरूको संयुक्त बसुन्धारास्थित बंगलादेश दूतावास अगाडि विरोध कार्यक्रम आयोजना गरिएको हो । करिब ५० जना फोटो पत्रकारले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले बंगलादेशी दूतावासमा ध्यानाकर्षणपत्र पनि बुझाएका छन् ।