१० मंसिर २०८१, सोमबार
नेपाली राष्ट्रिय फुटबल टिमले पश्चिम अफ्रिकी देश मोरिसससँग आज दोस्रो खेल खेल्दै छ । ‘फिफा डे’को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको हो । पहिलो खेलमा नेपाल १–० ले विजयी भएको थियो ।
लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका स्ट्राइकर विमल घर्ती मगरले निर्णायक गोल गरेसँगै नेपालले जित निकालेको हो । दोस्रो खेल आज पौने पाँच बजेदेखि दशरथ रंगशालामा हुने छ ।
स्वास्थ्या सुरक्षा मापदण्ड पालना गरी क्षमताको एक दिहाई दर्शक राख्न सरकारले अनुमति दिएकाले खेलमा दर्शकको उपस्थिति हुने छ । आजको खेलमा समेत नेपालको लक्ष्य जित हुने छ । मोरिससका पाँच प्रमुख खेलाडीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै पहिलो खेल गुमाएका थिए ।