सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

होमल्याण्ड खबर

२०७८ माघ १८ गते, मंगलवार १३:५० मा प्रकाशित

सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।