इन्धनको मूल्य वृद्धिविरुद्ध विद्यार्थी संगठनकाे टायर बालेर प्रदर्शन

होमल्याण्ड खबर

२०७८ माघ १९ गते, बुधबार १६:०८ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लव माओवादी निकट विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्‍याम्पस अगाडि आज बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् । सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टीतेल प्रतिलिटर रु ३ ले वृद्धि गरेको थियो ।