२ जेष्ठ २०८३, शनिबार
नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ७३ जनामा परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सोही अवधिमा कारोना संक्रमण भएका थप १६ जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ४ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने देशभैर एकैदिन ५ लाख १३ हजार ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् ।

