जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ

होमल्याण्ड खबर

२०७८ माघ २७ गते, बिहीबार १३:४३ मा प्रकाशित

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दियामा एक युवक पक्राउ परेका छन् । बाँसगढी नगरपालिका-४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका हुन् ।

बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्रेको हो । इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।