९ मंसिर २०८१, आईतवार
आज पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार ११ दशमलव ९६ अंकले घटेर नेप्से २ हजार ८ सय १ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७० अंकले घटेको छ ।
कारोबार रकममा भने बुधबारको तुलनमा बिहीबार झिनो सुधार देखिएको छ । बुधबार ३ अर्ब ४९ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
बिहीबार कारोबार भएका २ सय २७ कम्पनीहरु मध्ये अधिकांश गुमाउँदा केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ ।सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा व्यापार समूहमा रहेका कम्पनीहरु देखिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन, सिन्धु विकास बैंक, एनटीसी, आईसीएफसी लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।