२ जेष्ठ २०८३, शनिबार
पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०७ हजार ९८६ पुगेको छ । सोही अवधिमा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा २९ हजार ४ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।