२ जेष्ठ २०८३, शनिबार
दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । तुलसीपुर उपमहानगरपालिका(५ ‘ङ’ लाइनस्थित उक्त जुत्ता(चप्पल पसलमा गए शुक्रबार बिहान पौने दुई बजेतिर आगलागी भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले मृतक पाँचै जनाको सनाखत भइसकेको बताएका छन् ।


मृत्यु हुनेमा करिब ६ वर्षी अबिददिन अली, करिब १४ वर्षीया सजिता खातुन, करिब १५ वर्षीय हसन बकस, करिब १५ वर्षीय मसिन बकस र करिब ४२ वर्षीय नजरदिन अली रहेका छन् ।
तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।