सामान्य प्रशासन मन्त्रालयद्वारा एकैपटक ३२ जना सहसचिवको सरुवा

होमल्याण्ड खबर

२०७८ माघ २८ गते, शुक्रबार १६:१० मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३२ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको आजको मन्त्रीस्तरीय निर्णयानुसार ३२ जना सहसचिवको सरुवा भएको हो ।

सरुवा हुनेमा सबै प्रशासन समूहका प्रथम श्रेणीका अधिकृत सहसचिव छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपाल कुमार अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । सामान्यकै अर्का सहसचिव रामबहादुर कुरम्वाङको पनि अख्तियारमा सरुवा भएको छ ।