१० मंसिर २०८१, सोमबार
नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानविरूद्ध १ सय ३६ रनको लक्ष्य पाएको छ । ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५र६ को स्कोर बनायो ।
अल एमेरेट रंगशालामा ओमानबाट कप्तान जेशन मक्सुदले अविजित रही सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलको सामना गरी ४ चौका र १ छक्का प्रहार गरे । मोहम्मद नदिमले ३० बल खेली २ चौका प्रहार गरी ३१ रन बनाए ।
नेपालबाट अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चे । कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १र१ विकेट लिए । सन्दीपको नेपालको कप्तानको रुपमा यो पहिलो खेल हो ।
नेपालबाट विवेक यादव र सागर ढकालल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न लागेका हुन् । सागरका लागि विर्सनलायक डेब्यु रह्यो । उनले ३ ओभरमा ३६ रन खर्चे । एक ओभर बलिङ गरेका विवेकले ५ रन खर्चे ।