२ जेष्ठ २०८३, शनिबार
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजदेखि पुनः भौतिक रुपमा नै निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमवाट आन्दोलन गर्दै आएको बारले आज आइतबारबाट भौतिक उपस्थितीमा नै पुनः आन्दोलन गर्ने भएको हो ।
महासचिव लीलामणि पौडेलका अनुसार आज फागुन १ गते देखी बिहान ११ बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रूपमा निरन्तर जारी रहने छ । उनका अनुसार गत २८ माघमा बसेको बार एशोसिएसनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।


विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलले बताए ।