नेपालमा देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्छ : स्वास्थ्य मन्त्रालय

होमल्याण्ड खबर

२०७८ फाल्गुन २ गते, सोमबार ११:४४ मा प्रकाशित

नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केहि दिन अघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ स्थित कृषि फार्ममा पालिएका कुखुराहरूमा बर्डफ्लु पुष्टि भएको थियो ।

कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु एचपीएआईको (एच ५ एन १, एभिएन इन्फ्लुएन्जा) प्रजाति पुष्टि भएको र सो संक्रमण मानिसमा पनि सर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यी हुन् मानिसमा देखिने बर्डफ्लुका लक्षणहरूमा १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने , सिँगान बगिरहने र नाक बन्द हुनु, घाँटी दुख्नु, रुघा लाग्नु, श्वासप्रश्वासमा समस्या आउने हो ।

शंकास्पद पक्षीको सम्पर्कमा आएका व्यक्तिहरूले नजिकैको स्वास्थ्य केन्द्रमा जानकारी गराई संक्रमण भएरनभएको पहिचान गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

त्यस्ता पक्षीको सम्पर्कमा आएका व्यक्तिहरू कम्तीमा १० दिन आइसोलेसनमा बस्न मन्त्रालयको अनुरोध छ ।