नेप्सेमा ५३ अंकको वृद्धि

होमल्याण्ड खबर

२०७८ फाल्गुन ३ गते, मंगलवार १६:२५ मा प्रकाशित

आज मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५३ अंक माथिको वृद्धि आएको छ । आइतबार १०१ अंकले घटेर सोमबार स्थिर जस्तै रहेको बजारमा तेस्रो दिन अर्थात् मंगलबार पुनस् ५४ अंक माथिको वृद्धि आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ५३।३० अंकले बढ्दै २७ सय ५४।२८ विन्दुमा उक्लिएको छ । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०।८३ अंकले बढेर ५२२।१३ विन्दुमा पुगेको छ ।

५३.३० अंकले बढेको बजारमा जम्मा तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ