२ जेष्ठ २०८३, शनिबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।


यस्तै १० वर्ष मुनिका १६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा थप २०९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १७१, ललितपुरका २४ र भक्तपुरका १५ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।