२ जेष्ठ २०८३, शनिबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका उच्च अधिकारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयका अनुसार मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा डा. कृष्ण पौडेललाई ल्याइएको छ ।
पौडेल यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख थिए। इपिडिमियोलोजीमा भने कोशी अस्पतालका मेसु चुमनलाल दासलाई ल्याइएको छ। कोसी अस्तपालमा भने अस्पतालकै चिकित्सक डा. यज्ञ खरलेललाई मेसु बनाइएको मन्त्रालयले जनाएको छ ।


त्यस्तै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका प्रमुख केशवराज पण्डीतलाई कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौडा पठाईएको छ भने उनको ठाउँमा केन्द्रका डा. यदुचन्द्र घिमिरेलाई ल्याइएको छ भने कान्ति वाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. युवा निधी बसौलालाई दिइएको छ । त्यस्तै केन्द्रिय कारागार अस्पतालकी डा. सुधा देवकोटालाई राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा पठाइएको छ भने केन्द्रिय कारागारमा प्रकाश शाह लाई पठाइएको छ ।