१ जेष्ठ २०८३, शुक्रबार
नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ७८२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ४८ जना र २ हजार ९७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ । सोही अवधिमा २ लाख १४ हजार १०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १८ हजार २५१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।