पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

होमल्याण्ड खबर

२०७८ फाल्गुन ६ गते, शुक्रबार १७:११ मा प्रकाशित

मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ । सोही अवधिमा १ लाख २४ हजार ८६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १४ हजार ४३५ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।