१ जेष्ठ २०८३, शुक्रबार
पछिल्लो २४ घण्टामा २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २९ जना र ३ हजार २४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ । सोही अवधिमा ३३ हजार २५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १२ हजार २४४ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।