प्रधान सेनापतिले गरे निरीक्षण भ्रमण

होमल्याण्ड खबर

२०७८ फाल्गुन ११ गते, बुधबार १५:३५ मा प्रकाशित

 प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज मिति २०७८ फाल्गुण १० गते मकवानपुर जिल्ला, सुपारेटारस्थित श्री नं. २८ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको दौरान शर्माले उक्त बाहिनी अड्‍डाको वस्तुस्थिति लगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै व्यारेक एरिया निरीक्षण तथा सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

यस्तै उनले बागमती प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल समेत गरेका थिए ।