तीन दिन देशभर वर्षा हुने

होमल्याण्ड खबर

२०७५ श्रावण २८ गते, सोमबार १२:०७ मा प्रकाशित

गए रातिदेखि अविरलरूपमा परेको पानी अझै तीन दिन लम्बिने जलतथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विज्ञागले सार्वजनिक सूचना जारी गर्दै सोमबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखी मध्यम खालको वर्षा हुने जनाएको हो ।

त्यस्तै दिउँसो पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा भारि वर्षा हुने देखिन्छ विभागको पूर्वानुमान छ । राति पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका एक दुई स्थानमा भारि वर्षा हुने विभागले जनाएको छ । मंगलबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ भने पश्चिमका थोरै स्थानहरुमा भारि वर्षाको संभावना विभागले औँल्याएको छ ।

यसैगरी बुधवार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने उसले बताएको छ ।