१ जेष्ठ २०८३, शुक्रबार
आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन जारी रहेको छ । एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।
\विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित भएकाले यि स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको छ । नो एमसीसी, राष्ट्रघाती दलालहरु होसियार जस्ता एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।

