१ जेष्ठ २०८३, शुक्रबार
पछिल्लो २४ घण्टामा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ४ हजार ४५८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९२ जना र २ हजार ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ५२९ पुगेको छ । सोही अवधिमा १ लाख ८ हजार १४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ हजार ९७१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।