युक्रेनको खारकिएभमा रुसी हमला : २१ जनाको मृत्यु, १ सय १२ घाइते

होमल्याण्ड खबर

२०७८ फाल्गुन १८ गते, बुधबार १४:४१ मा प्रकाशित

(एजेन्सी) युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएभमा रुसले हमला गरेकाे छ । साे रुसी हमलामा २१ जनाको मृत्यु भएको छ भने १ सय १२ जना घाइते भएका छन् । खारकिएभका मेयरले उक्त मानबीय क्षेतिबारे जानकारी दिएका हुन् ।

यद्यपि, खारकिएभ रिजनल स्टेट एड्मिनिस्ट्रेशनका गभर्नरले खारकिएभमा मंगलबार रातभरी भएको भारी बम विस्फोटको बावजुद सबै रुसी आक्रमणहरू विफल भएपछि रोकिएको बताएका छन् ।

गभर्नर ओलेग सिनेगुबोवने भने, ‘रुसी दुश्मनले भारी क्षती व्यहोर्नुपरेको छ ।’ रुसी सैनिक शहरको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा प्रवेश गरेको मान्यता राखिएको छ किनभने खारकिएवमा जेट विमानद्वारा बमबारी गरिएको छ ।