९ मंसिर २०८१, आईतवार
बुधबार ६३ दशमलव ९८ अंकले घटेर नेप्से परिसूचक १५ सय ४६ दशमलव ६ अंकमा झरेको हो । आज ५५ हजार २ सय १२ कारोबारबाट २ सय २८ कम्पनीका ७६ लाख ५२ हजार २ सय ४ धितोपत्र कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रुपैयाँमा रोकिएको छ ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ ।
बजारमा उच्च अंकको गिरावट आउँदा तीन कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । सबैधन्दा धेरै बढ्नेमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य २२ रुपैयाँले बढेर ५ सय ७२ रुपैयाँ पुगेको छ ।
यसैगरी सिभिल बैंकको सेयर मूल्य २।८ रुपैयाँले बढेर २२६।३ रुपैयाँ पुगेको छ भने स्वावलम्बन लघुवित्तको सेयर मूल्य २० रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँ पुगेको छ । बाँकी सबै कम्पनीहरुको सेयर मूल्य बुधबार घटेको छ ।