पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

होमल्याण्ड खबर

२०७८ फाल्गुन २० गते, शुक्रबार १६:१३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ११ जना र १ हजार ८४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ । सोही अवधिमा ३७ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ हजार २४२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।