दमौली बजारको भीषण आगो नियन्त्रणमा

होमल्याण्ड खबर

२०७८ फाल्गुन २२ गते, आईतवार १६:३४ मा प्रकाशित

तनहुँको दमौली बजारको एक हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि सुरु भएको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हार्डवेयर पसलसँगै आसपासका चारवटा घरसमेत क्षति पुगेको छ । विद्युत् लाइन सर्ट भएर आगो लागेको आशंका गरिएको छ ।