१ जेष्ठ २०८३, शुक्रबार
ललितपुरमा ४ जना मृत फेला परेका छन् भने थप १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत फेला परेका हुन् ।


महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । कुँवरका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।