१ जेष्ठ २०८३, शुक्रबार
नेपालमा मंगलबार थप १ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा १ सय ९४ जनामा संक्रमण पुष्टी भएको हो ।


पीसीआर विधिबाट परीक्षण गरिएका ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार, सोही अवधिमा थप एक जना कोरोना संक्रमितो मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ३४८ जना भने कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित अहिलेसम्म ९ लाख ५९ हजार ८१७ जना संक्रमणमुक्त भएका छन् ।