त्रिवि परिसरको जंगलमा युवकको शव भेटियो

होमल्याण्ड खबर

२०७८ फाल्गुन २५ गते, बुधबार १२:४१ मा प्रकाशित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा एक युवकको शव फेला परेको छ । बुधबार बिहान त्रिवि क्रिक्रेट मैदाननजिकै जंगलमा युवकको शव फेला परेको हो । ती युवकको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार रूखमा झुण्डिएको अवस्थामा युवकको शव फेला परेको हो । प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।