१ जेष्ठ २०८३, शुक्रबार
जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तिमा भएको दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार मृत्तकको पहिचान भइसकेको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।