१ जेष्ठ २०८३, शुक्रबार
पछिल्लो २४ घण्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ८०१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७७ जना र २ हजार ५२७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ६६४ पुगेको छ । सोही अवधिमा १ लाख २९ हजार २८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ५ हजार ३४० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।