९ मंसिर २०८१, आईतवार
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर ९आईपीओ० नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सूचीकृत भएको छ । कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई ‘आरयूएलबी’ कारोबार संकेत दिएको छ । यस्तै, कम्पनीको सेयरले सुरुवाती कारोबार मूल्य न्यूनतम १६७।४३ रुपैयाँदेखि ५०२।२९ रुपैयाँ पाएको छ । यसको अर्थ, कम्पनीको पहिलो कारोबार यही न्यूनतम र अधिकतम मूल्यसूची भित्र रहेर आइतबारदेखि कारोबार हुने छ ।
१७ लाख ५० हजार कित्ता संस्थापक र ८ लाख ५० हजार कित्ता सर्वसाधारणको सेयर गरी कुल २६ लाख कित्ता सूचीकृत भएको हो । कम्पनीले फागुन ४ देखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री खुलाएको थियो ।