८ मंसिर २०८१, शनिबार
नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँच वर्ष ९२०८३ चैत ३० गतेसम्म० का लागि आगामी २०७८ चैत ३० गते उक्त नागरिक बचत पत्र निष्काशन गर्न लागेको हो । यस बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछ ।
आइतबार एक सूचना जारी गर्दै बैंकले बचतपत्रका लागि दरखास्त दिन सार्वजनिक आह्वान गरेको छ । सूचना अनुसार पाँच वर्षे वचत पत्रमा बैंकले वार्षिक अधिकतम १० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । ब्याज भने ६र६ महिनामा वितरण हुनेछ ।
इच्छुक लगानीकर्ताले घटीमा १० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।