९ मंसिर २०८१, आईतवार
सरकारले त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको दैनिक सेवा रोकेर स्तरोन्नती गर्ने भएको छ । लामो समयदेखि विमानस्थलको स्तरोन्नती नहुँदा धावनमार्गको कालोपत्रे उक्किन थालेपछि सरकारले दैनिक रातिको समयमा विमानस्थलको स्तरोन्नति गर्न लागेको हो ।
राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर उक्त समयमा कालोपत्रे गरिनेछ । “२०१४ सालदेखि विमानस्थलको कालोपत्रे उक्किने समस्या छ । भूकम्पछि यो समस्या झनै बढ्यो । हामीसँग २४ घन्टा तयारी अवस्थामा रहेको र्या्पिड एक्सन टिमले उक्किनेबित्तिकै त्यसलाई मर्मत गर्दै आएका छौं,” प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने, “हामीसँग बजेट छ । हामीले तीनपटकसम्म टेन्डर गर्यौं तर हाम्रो रनवे निकै सम्वेदनशील रहेकाले कोही पनि आएनन् ।”
थोरै समयमा उच्च प्रेसरमा काम गरेर उच्च गुणस्तरको काम गर्नुपर्ने भएकाले कसैले पनि टेन्डर नहाल्ने गौतमले बताए । अहिले पनि कसैले टेन्डर नभरे पहिला सेवा दिँदै आएको संस्थाबाटै काम लिने योजनामा प्राधिकरण पुगेको छ ।
जिरो–टु देखि १६ सय मिटरसम्म धावन मार्ग निकै खराब अवस्थामा रहेको छ । काम शुरु गरेको १८ महिनामा सबै काम सक्ने गौतमले जानकारी दिए । “२८ फ्रेबुअरी २०१९ बाट त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको सेवा राति १० बजेदेखि बिहान १० बजेसम्म बन्द गरेर पहिलो चरणमा रनवेको मात्रै स्तरोन्नति गर्छौं,” महानिर्देशक गौतमले भने, “ड्राई सिजनको चार महिनामा हामी रनवेको काम सक्नेछौं । यति काम गरेपछि रनवेको समस्या आउँदैन ।”
जिरो–टु बाट काम सुरु हुने र प्रत्येक दिन ८० मिटर कालोपत्रे गरिनेछ । विहानको ८ बजे प्रत्येक राति गरिएको कालोपत्रेमा जहाज उडान तथा अवतरण हुनेछन् । यसका लागि आवश्यक तीनवटा ड्रिलिङ मेसिन प्राधिकरणले व्यवस्था गरेको छ । ट्याक्सी वेको पनि प्राधिकरणले स्तरोन्नती गर्ने जनाएको छ । यसका लागि आवश्यक सबै विदेशी सामग्री प्रयोग गरिनेछ ।
यसका लागि साढे तीन अर्ब रुपैयाँ बजेटसमेत नेपाल नागरिक उड्ययन प्राधिकरणले छुट्याइसकेको छ ।
महानिर्देशक गौतमले सम्भाब्यता अध्ययनबाट आएको सुझावका आधारमा मात्रै विमानस्थल निर्माण गरिने बताए । काभ्रेको नागिडाँडा विमानस्थल निर्माणका सम्बन्धमा सरकारले मुआब्जाका लागि बजेट छुट्याए पनि एआईएको रिपोर्ट नआएसम्म अगाडि बढ्न नसकिने उनको भनाइ छ । यसका लागि सरकारले २५ करोड रुपौयाँ बजेट छुट्याइसकेको छ ।
जुन २०१९ मा भैरहवा निमानस्थल निर्माण कार्य सम्पन्न हुने प्राधिकरणले जनाएको छ । यसका लागि इमिग्रेशन, भन्सार, ग्राउण्ड ह्याडलिङ लगायतका कार्यका लागि सरोकारवाला निकायसँग छलफल भैसकेको भन्दै गौतमले भैरहवा विमानस्थल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल जति घन्टा चल्छ िित्यत नै चलाउने गौतमको भनाइ छ ।