घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

होमल्याण्ड खबर

२०७८ चैत्र ४ गते, शुक्रबार १५:१७ मा प्रकाशित

घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनालाई अख्तियारले मुद्दा दायर गरेको हो ।