८ बैशाख २०८२, सोमबार
ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।
निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ।
सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा बढीमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।