१ जेष्ठ २०८३, शुक्रबार
पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ४ हजार ४९५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३५ जना र २ हजार ९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३२३ पुगेको छ । सोही अवधिमा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा २ हजार ६८८ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।