९ मंसिर २०८१, आईतवार
भुटानमा अर्का महिनाको अन्तिम सातादेखि आयोजना हुन लागेको यू–१८ महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणमा ३५ खेलाडी छनोट गरेको छ ।
खेलाडी छनोट मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ, सहायक प्रशिक्षक प्रकाश वैद्य र अस्मिता खवासले गरेका हुन् । जिल्ला लिग छनोट र उपराष्ट्रपति कपमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरिएको प्रशिक्षक हरिओम श्रेष्ठले बताए ।
३५ खेलाडीले आइतबारबाटै प्रशिक्षण शुरुवात गरेको छ । दोस्रो चरणमा ३० खेलाडी र अन्तिम चरणमा २३ सदस्यीय टिको घोषणा गरिने यु–१८ का मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले जानकाी गराए । साफ यु–१८ महिला च्याम्पियनसिप आगामी सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुनेछ । च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । यसअघि सात टोलीले सहभागिता जनाउने बताइएपनि शनिबार मात्रै श्रीलंकाले साफबाट नाम फिर्ता लिएको थियो ।च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र बंगलादेश खेल्नेछन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल सेप्टम्बर २८ मा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले अक्टोबर २ मा बंगलादेशको सामना गर्नेछ ।
पहिलो चरणमा छानिएका खेलाडीहरु
अन्जना राना मगर, उषा नाथ, चेत माया जिसी, कविता राई, पुजा राना, सामिक्षा घिमिरे, कोपिला धिमाल, पुनम पासवान, सपना मगर, रिता गजमेर, विमला विक, दिल कुमारी रानामगर, पवित्रा लिम्बु, छिरिङ लोप्चन, मनिषा राउत, अस्मिता वैद्य, मेनुका आलेमगर, सुस्मिता तामाङ, सरिता शेर्पा, सुहानी कुँवर, सरु लिम्बु, मञ्जली योन्जन, रजनी श्रेष्ठ, शुभद्रा खड्का, निर्मला उपाध्याय, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा, सम्झना लावती, सावित्रा देवीमगर, सम्झना शर्मा ।