थप १८ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७८ चैत्र ११ गते, शुक्रबार १६:३२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र १ हजार ५२० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४१४ पुगेको छ । सोही अवधिमा ६४ हजार ३४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १ हजार ९६० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।