१० मंसिर २०८१, सोमबार
त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियासंग पपुवा न्युगिनी (पीएनजी) आठ रनले पराजित भएको छ । मलेसियाले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर तीन बलमा एक सय ७२ रनमा अलआउट भयो ।
पीएनजीका लागि टोनी उराले ५६ र नोरमन भानुआले ४५ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ मलेसियाका शरविन मुनिएन्डीले चार विकेट लिए । यस्तै मुहम्मद वकिफ र पवनदीप सिंहले तीन–तीन विकेट लिए ।
यसअघि कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८० रन बनायो ।
मलेसियाका लागि विरन्दीप सिंहले नटआउट ५९, अहमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए । बलिङतर्फ पीएनजीका नोर्मन वनुवाले दुई विकेट लिए ।
त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले दोस्रो खेल भोलि बुधवार मलेसियासँग र तेस्रो खेल पर्सि बिहीवार पीएनजीसँग खेल्नेछ ।