लामो दूरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म वृद्धि (सूचीसहित)

होमल्याण्ड खबर

२०७८ चैत्र २० गते, आईतवार १६:३८ मा प्रकाशित

सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो ।

यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दैछन् ।