नेप्सेमा ३०.८९ अंकको गिरावट

होमल्याण्ड खबर

२०७८ चैत्र २० गते, आईतवार १६:५६ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३०।८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज सबैभन्दा बढी कारोबार सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।