काठमाडौंको स्यूचाटारमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

होमल्याण्ड खबर

२०७८ चैत्र २१ गते, सोमबार ११:३५ मा प्रकाशित

काठमाडौंको स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२९०२१ प ६३३१ नम्बरको मोटरसाइकल गए राति डिभाइडरमा ठोक्किएर पल्टिँदा चालकको मृत्यु भएको हो। दुर्घटनामा परी नुवाकोट घर भई हाल थानकोट बस्ने अन्दाजी २५ वर्षकी लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको र चालकको साथमा सवारी अनुमति पत्रसमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।