नेप्से १४ अंकले घट्दै २५ सयको बिन्दुमा

होमल्याण्ड खबर

२०७८ चैत्र २१ गते, सोमबार १६:२५ मा प्रकाशित

आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १४ अंकको गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १४ अंकले घटेर २४ सय ९८ अंकको बिन्दुमा आइपुगेको हो ।

कारोबार अवधिभरमा ३४ लाख २९ हजार कित्ता सेयर १ अर्ब ५८ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । यसक्रममा आज सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, निर्जीवन बीमा कम्पनी समूहमा २०० अंकको गिरावट आएको छ ।

यस्तै, जीवन बीमा समूहमा ११७ अंकको गिरावट आउँदा व्यापार समूहमा ३२ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा २४ अंकको तथा जलविद्युत समूहमा २२ अंकको गिरावट आएको छ ।

आज नेष्डो लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुई वटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।