फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

होमल्याण्ड खबर

२०७८ चैत्र २३ गते, बुधबार १०:२८ मा प्रकाशित

 पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले आजबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।