पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७८ चैत्र २५ गते, शुक्रबार १७:०८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ७२८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र १ हजार ६२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७०४ पुगेको छ । सोही अवधिमा २६ हजार ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ६ सय ६९ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।