९ मंसिर २०८१, आईतवार
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको अधिकार दिइएको छ।
आर्थिक संकट गहिरिँदै गइरहेको अवस्थामा सरकारले केन्द्रीय बैंकका गभर्नरलाई निलम्बन गरेको हो। अर्थतन्त्र धरासयी हुँदै जाँदा गभर्नरको सहयोग नपाएको भन्दै अर्थमन्त्री जनार्दन शर्मासमेत अधिकारीप्रति असन्तुष्ट थिए।
अधिकारी नेपाल राष्ट्र बैंकका १७औं गभर्नर हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अधिकारीलाई २०७६ चैत्र २४ गते नियुक्त गरेको थियो।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासमक्ष २०७६ चैत २५ गते मंगलबारको दिन सपथ ग्रहण गरेका थिए ।