यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षमा विजय स्वाँर

होमल्याण्ड खबर

२०७८ चैत्र ३० गते, बुधबार १२:१४ मा प्रकाशित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर चयन भएका छन् । महासंघको काठमाडौंमा भएको साधामरण सभाले स्वाँरलाई निर्विरोध निर्वाचित भएका हुन् ।

संघका वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसी निर्वाचित भएका छन् ।

महासचिवमा डेकनाथ गौतम चुनिएका छन् । महासंघले ७६ सदस्यीय कार्यसमिति चयन गरेको छ । तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।