१२ मंसिर २०८१, बुधबार
गुगलले विश्वभरका तीन अर्बभन्दा बढी क्रोम प्रयोगकर्तालाई तत्कालै आफ्नो ब्राउजर अपडेट गर्न आग्रह गरेको छ । साइबर आक्रमणबाट जोगिन तुरुन्त क्रोम अपडेट गर्न गुगलले आग्रह गरेको हो ।
सन् २०२२ सुरू भएपछि गुगलले तेस्राे जेराे-डे (सुरक्षा कमजाेरी) समाधान गरेकाे हाे । हालै कम्पनीले विन्डाेज, म्याक र लिनक्सका क्रोम प्रयाेगकर्ताकाका लागि 100.0.4896.127 अपडेट जारी गरेको छ, जसमा दुई सुरक्षा कमजोरीको समाधान गरिएको कम्पनीले जनाएको छ । यसमध्ये एउटा बग साइबर आक्रमणमा तीव्र रूपमा प्रयोग भइरहेको पाइएको छ ।
यसअन्तर्गत क्राेममा भेटिएकाे ‘भी८ टाइप कन्फ्युजन’ (सीभीई-२०२२-१३६४) बगलाई गम्भीर कमजाेरीकाे वर्गमा राखिएकाे छ । जसमा जाभा स्क्रिप्ट र वेब एसेम्ब्ली इन्जिनमा भेटिएकाे सुरक्षा कमजोरीको समाधान गरिएको छ ।
याे भल्नरेबिलिटीले साइबर आक्रमणकारीलाई लक्षित कम्प्युटरमा कोड चलाउन सक्षम पार्ने जनाइएकाे छ । यस्तो प्रकृतिको सुरक्षा कमजोरी यसअघिका साइबर आक्रमणका घटनामा समेत प्रयोग भएको बताइएको छ । तर कस्ता आक्रमण भए र असर के के पुग्यो भन्ने विषयमा गुगलले केही खुलाएको छैन ।
विण्डोज, म्याक र लिनक्स प्रयोगकर्ताका लागि गत कम्पनीले नयाँ अपडेट दिन सुरू गरेको छ । आफ्नो वेब ब्राउजरमा यो काेडिङ बग (सुरक्षा कमजोरी) व्यापक रूपमा फैलिएपछि कम्पनीले स्टेबल भर्सनसहितको अपडेट जारी गरेको हो ।
त्यसैले सबै क्रोम प्रयोगकर्तालाई आफ्नो ब्राउज अपडेट भएको छ कि छैन सुनिश्चित गर्न गुगलले आग्रह गरेको छ । आफ्नो क्रोम सुरक्षित रहेको वा नरहेको जाँच गर्न क्रोमको सेटिङमा गएर ‘Help’ अप्सनमा क्लिक गरेर ‘About Google Chrome’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
यदि आफ्नो ब्राउजर पुरानै भर्सनमा चलेको छ नयाँ अपडेट (100.0.4896.127) इनेबल गर्नुहोस् ।